एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले एलोन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन्। उनले मस्कको बचाऊ गर्दै अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थी मनसाय नभएको बताएका हुन्।
यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले एलोन मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो।
मस्कको बचाउमा आउँदै राष्ट्रपति ट्रम्पले अमेरिकी च्यानल फक्स न्यूजलाई भने, ‘उनी (मस्क) ले यसबाट केही पाउँदैनन्। वास्तवमा, उनले यसको लागि कसरी समय निकाल्छन् भन्ने कुरामा म छक्क पर्छु।’
ट्रम्पले मस्कको सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्नेछ। यो काम आगामी '२४ घण्टा' भित्र सम्पन्न हुन सक्ने सम्भावना छ।ट्रम्पले भने, ‘हामी सेनामा अर्बौँ डलरको ठगीको पर्दाफास गर्नेछौँ। मानिसहरूले मलाई यही कारणले रोजेका हुन्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
को हुन् ट्रम्प सहभागी कार्यक्रममा गोली चलाउने पुरुष ?