काठमाडौं । अध्यादेशबारे निर्णय लिनु अगाडि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
जसपा नेपालको संसदीय दलको बैठक बिहान ११ बजे बस्ने तय भएको छ । पार्टीको संसदीय दलको बैठकबाट अध्यादेशबारे निर्णय लिने तयारी जसपा नेपालको छ । निर्णय लिनु अगाडि अध्यक्ष यादव प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री ओलीलाई भेट्नु अगाडि अधयक्ष यादवले कांग्रेसका नेताहरूसँग संवाद गरेका छन् । कांग्रेस नेताहरूसँग अध्यक्ष यादवले नयाँ बानेश्वरस्थित संसद् भवनमा भेटेका हुन् ।
बिहान भएको भेटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादव थिए । कांग्रेसबाट सभापति देउवा, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ माघ २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति