काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्त पञ्चमी)का अवसरमा वसन्त श्रवण गरेका छन् ।
आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गरेका हुन् ।
समारोहमा हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए ।
परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ। सो अवसरमा राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति पौडेलले उक्त अवसरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना पनि गरेका थिए ।
वसन्त श्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री गण तथा विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।
वसन्त पञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ माघ २०८१, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान
राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जाँदै
छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति
नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो: राष्ट्रपति पौडेल