एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामाथि २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध लड्न तयार रहेको बताएका छन्।
ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ट्रम्पको ट्यारिफ घोषणाको प्रतिक्रिया दिन तयार रहेकाे बताएका हुन् ।
'संयुक्त राज्य अमेरिकाले फेब्रुअरी ४ देखि लागू हुने गरी धेरैजसो क्यानेडियाली सामानहरूमा २५ प्रतिशत र ऊर्जामा १० प्रतिशत कर लगाउने योजना बनाएको पुष्टि गरेको छ,' ट्रुडोले लेखेका छन्।
उनले थपे, “हामी यो चाहँदैनथ्यौं, तर क्यानडा तयार छ। म साँझ क्यानडाका नागरिकहरूलाई सम्बोधन गर्नेछु।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरूमा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेको जानकारी दिएका छथिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० माघ २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी