एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामाथि २५ प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयविरुद्ध लड्न तयार रहेको बताएका छन्।
ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा ट्रम्पको ट्यारिफ घोषणाको प्रतिक्रिया दिन तयार रहेकाे बताएका हुन् ।
'संयुक्त राज्य अमेरिकाले फेब्रुअरी ४ देखि लागू हुने गरी धेरैजसो क्यानेडियाली सामानहरूमा २५ प्रतिशत र ऊर्जामा १० प्रतिशत कर लगाउने योजना बनाएको पुष्टि गरेको छ,' ट्रुडोले लेखेका छन्।
उनले थपे, “हामी यो चाहँदैनथ्यौं, तर क्यानडा तयार छ। म साँझ क्यानडाका नागरिकहरूलाई सम्बोधन गर्नेछु।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरूमा २५ प्रतिशत र चीनमा १० प्रतिशत कर लगाउने आदेशमा हस्ताक्षर गरेको जानकारी दिएका छथिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २० माघ २०८१, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होर्मुज मार्ग सुरक्षाका लागि युद्धपोत पठाउन ट्रम्पको आह्वान
हामीले इरानलाई जित्यौँ : ट्रम्प
इरानको हवाई प्रतिरक्षा प्रणाली, वायुसेना, नौसेना र नेतृत्व समाप्त भएको ट्रम्पको दाबी
इरानी हमलाबाट मारिने अमेरिकी सैनिकको संख्या बढ्न सक्ने ट्रम्पको दाबी
'पाकिस्तान–अफगानिस्तान युद्धमा अमेरिकाले हस्तक्षेप गर्न सक्छ' : ट्रम्प
विश्वव्यापी रूपमा १५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा