एजेन्सी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको भीडभाड भएको क्षेत्रमा एउटा सानो विमान दुर्घटना हुँदा धेरै घर र सवारी साधनमा आगलागी भएको छ । विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएको खबर छ ।
शुक्रबार साँझ दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् । विमानमा ६ जना मानिस सवार थिए । उक्त विमान मेडिकल ट्रान्सपोर्टेसन मिसनमा रहेको र विमानमा डाक्टरहरुसहित एक बिरामी बालक रहेको बीबीसीको अमेरिकी सहयोगी सीबीएसले उल्लेख गरेको छ ।
विमान दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सीबीएस न्यूजका अनुसार रुजवेल्ट मलबाट केही दूरीमा यो विमान दुर्घटना भएको हो । यो पेन्सिलभेनिया सहरको घना आबादी भएको क्षेत्रमा अवस्थित तीन तले किनमेल केन्द्र हो।
संघीय उड्डयन प्रशासनका अनुसार, लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया एयरपोर्टबाट साँझ ६:३० बजे (स्थानीय समय) मा उडेको थियो । करिब ६ किलोमिटर उडेपछि विमान दुर्घटनाग्रस्त भएको थियो।
बुधबार वासिङ्टन डिसीमा आकाशमै एउटा सैनिक हेलिकप्टर र एउटा यात्रुवाहक विमान ठोक्किँदा दुवै विमानमा सवार सबै ६७ जनाकै मृत्यु भएको थियो । रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको अमेरिकन एयरलाइन्सको जेट विमान ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर पोटोम्याक नदीमा खसेको थियो ।
हालसम्म कम्तीमा २८ शव निकालिएको अधिकारीहरूले बताए । विमानमा ६० यात्रु र चार चालक दलका सदस्य थिए भने हेलिकप्टरमा तीन सैनिक थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ माघ २०८१, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते