काठमाडौँ । युक्रेनी सेनाले रुसबाट कब्जामा लिएको एउटा गाउँमा युक्रेनी सेनाले २२ जनाको ‘हत्या गरेको’ मस्कोले दाबी गरेको छ । युक्रेनले पश्चिमी रुसको कुस्र्क क्षेत्रका दर्जनौँ सीमावर्ती बस्तीहरूलाई नियन्त्रण लिएको छ ।
अगस्टमा अचानक आक्रमण सुरु गरेयता लगभग दुई हजार नागरिकहरू अझै पनि आफ्नो कब्जामा रहेको क्षेत्रमा बसोबास गरिरहेको युक्रेनले बताएको छ। रुसले अहिले धेरै शहरहरू आफ्नो कब्जामा लिएको छ ।
रुसी अनुसन्धान समितिले जनवरी १९ मा युक्रेनी सीमाबाट करिब २० किलोमिटर टाढा रहेको रूसकोये पोरेचनोये गाउँमा ‘कम्तीमा सात जना सर्वसाधारण’ मारिएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।
गत शुक्रबार उसले सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा ‘२२ जना बासिन्दाको हत्या’ भएको घटनाको अनुसन्धान गरिरहेको बताएको हो। विभिन्न घरको भूईँतलामा शव फेला परेका मध्ये आठ जना महिला पनि रहेको र उनीहरूलाई बलात्कारपछि हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ ।
अनुसन्धानकर्ताहरूले पाँच जना युक्रेनी सैनिक हत्याका लागि दोषी ठहर भएको जनाएका छन् । तीमध्ये एक येभगेनी फाब्रिसेन्कोलाई कुस्र्क क्षेत्रमा भएको लडाइँको क्रममा पक्राउ गरिएको बताएका छन् ।
समितिले फेब्रिसेन्को नाम गरेका एक व्यक्तिसँग सोधपुछ गरेको भिडियो सार्वजनिक गरेको छ। तत्काल उक्त दाबीको पुष्टि गर्ने भरपर्दो माधइम नभेटिएको र युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। रुस र युक्रेनले करिब तीन वर्षअघि सुरु भएको द्वन्द्वमा एक अर्कामाथि सर्वसाधारणको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।
रुसी सेनामाथि किएभ नजिकैको बुचा शहरमा सयौँ सर्वसाधारणको हत्या गरेको आरोप लागेको छ । एएफपीका फोटो पत्रकारले मारिएका युक्रेनी नागरिकहरूको शवको फोटो खिचेका छन् जसमा केही हात बाँधिएको अवस्थामा छन्।
मस्कोले उक्त आरोपको खण्डन गर्दै किएभमाथि उक्त फुटेज बनाएर षड्यन्त्रको मञ्चन गरेको आरोप लगाएको छ । एएफपीलगायत केही स्वतन्त्र तथ्य जाँच गर्ने संस्था र सञ्चारमाध्यमले रुसको उक्त दाबीको खण्डन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १८ माघ २०८१, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजाको राहत वितरण केन्द्रमा इजरायलको आक्रमण, ६ जनाको मृत्यु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, विभिन्न सहरहरूमा ड्रोन हमला
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द