नवलरासीमा। पश्चिम नवलरासीमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । प्रहरीले हिजो (बिहीबार) बेलुका करिब ८ बजे गोली चलाउँदा लागुऔषध कारोबारी घाइते भएका छन् । उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता एवं डीआईजी दिनेशकुमार आचार्यका अनुसार पक्राउ पर्ने व्यक्ति सोही स्थानका ५२ वर्षीय राजेश लोनिया हुन् । लोनियाको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ । अर्का एक व्यक्ति फरार छन् । लागुऔषध कारोबारीले प्रहरीमाथि गोली हान्ने प्रयास गरेपछि प्रतिकार गरिएको प्रवक्ता आचार्यले जानकारी दिए ।
रामग्राम नगरपालिका–१२, पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएको थियो । लोनियाको घरबाट लागुऔषध नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गरेको थियो । उनले घरमा लागुऔषध राखेको सूचना पाएपछि प्रहरीको पाँचजनाको टोली त्यहाँ पुगेको थियो ।
लोनियाको बायाँ साप्रामा एक राउन्ड गोली लाग्दा उनी घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं डीएसपी रेशम बोहराले राससलाई जानकारी दिएका छन् ।
जिल्लास्थित पृथ्वीचन्द्र अस्पतालमा उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उक्त स्थानबाट ९३ पुरिया ब्राउनसुगर नियन्त्रणमा लिइएको सूचना अधिकारी बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ माघ २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ
स्रोत नखुलेको ४ लाख बढी रकमसहित एक पक्राउ
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ