काठमाडौं l भारत महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भयानक रेल दुर्घटना भएको छ। दुर्घटनामा हालसम्म ११ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा नेपाली पनि परेको हुन सक्ने आशंका गरिएको छ । भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा धेरै नेपाली समेत सवार रहेको बताएका छन् । यद्यपि, यसबारे आधिकारिक जानकारी आइसकेको छैन ।
परधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूले रेलबाट हाम्फालेका थिए । यस क्रममा अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसको रेलले धेरैलाई किच्न पुग्यो। दुर्घटनापछि त्यहाँ रुवाबासी र कोलाहल मच्चिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भएको स्थानमा ठूलो घुम्ती थियो । सेन्ट्रल रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतलाई उल्लेख गर्दै समाचारमा जनाइए अनुसार घुम्तीका कारण यात्रुहरूले अर्को ट्र्याकबाट आइरहेको रेल देख्न सकेनन्। र, उनीहरूले भटाभट हाम्फाले ।
यो घटनास्थल मुम्बईबाट करिब ४०० किलोमिटर टाढा रहेको छ। पुष्पक एक्सप्रेस (रेल नम्बर १२५३३) लखनउबाट मुम्बई जाँदै थियो । कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेस (रेल नम्बर १२६२९) यशवन्तपुरबाट हजरत निजामुद्दीनतर्फ गइरहेको थियो। पुष्पक एक्सप्रेसमा ब्रेक लगाउँदा पांग्राबाट धुवा निस्किएको थियो । जसका कारण आगलागीको हल्ला फैलियो र आतंकित यात्रीहरू रेलबाट हाम फाल्न थाले। जसले ठूलो दुर्घटना निम्त्यायो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ माघ २०८१, २२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?