काठमाडौं । सुन्तला बोकेर रोल्पाबाट दाङ जाँदै गरेको पिकअप दुर्घटनामा परेको छ । दुर्घटनामा चालकको मृत्यु भएको छ ।
रोल्पाको माडी गाउँपालिका १ भितावाङबाट सुन्तला बोकेर तुल्सीपुरतर्फ जाँदै गरेको रा१च ८६८७ नम्बरको पिकअप त्रिवेणी गाउँपालिका ४ मथुरापानी भन्ने स्थानमा शुक्रबार दुर्घटना भएको हो ।
उक्त दुर्घघटनामा परी सोही पिकअपमा सवार तीनजना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको उद्धारपश्चात् उपचारको लागि दाङ पठाइएको प्रहरीले बताएको छ ।
गाडीको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ पुस २०८१, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते