काठमाडौं । नेपाल प्रहरीले भूकम्पबाट क्षति भए/नभएको विवरण संकलन गर्न सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले देशभरका प्रहरी युनिटलाई स्थानीयस्तरमा पुगेर क्षति भए अथवा नभएको जानकारी संकलन गर्न निर्देशन दिएको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारीले विशेषगरी उत्तरी क्षेत्रमा स्थानीयस्तरमा पुगेर जानकारी लिन निर्देशन दिएको जानकारी दिए ।
“उत्तरी क्षेत्रनजिक केन्द्रविन्दु भएकाले त्यसक्षेत्रमा थप सक्रिय हुन प्रहरी युनिटलाई सर्कुलर जारी गरेका छौँ,” प्रवक्ता अधिकारीले भने ।
बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ पुस २०८१, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते