काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा इजरायलबाट भइरहेको सहयोगलाई निरन्तर दिन आग्रह गरेका छन् ।
सिंहदरवार स्थित मन्त्रालयमा नेपालका लागि इजरायलका राजदूत स्मुलिक बाससँगको भेटमा मन्त्री अधिकारीले दुई मुलुकबीच कृषि क्षेत्रमा सहकार्य सम्बन्धी सम्झौता नवीकरणका लागि पहल गर्न आग्रह गरे ।
मन्त्री अधिकारीले नेपाल र इजरायलबीच सम्झौता भई कार्यान्वयनमा आएको ‘कमाऊ र सिक’ कार्यक्रमले नेपाली युवालाई अवसरको सृजना गरेको भन्दै यसलाई पुनः निरन्तरता दिन आग्रह गरे ।
इजरायलले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्तिले नेपालको कृषि क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुगेको उनको भनाइ थियो ।
नेपालको कृषि विकासका लागि इजरायल सरकारसँग भएको सम्झौता अनुरूप सेन्टर फर एक्सिलेन्स स्थापना गरिने क्षेत्रहरू छनोट भइसकेकाले यसका लागि पहल गर्न आग्रह गरे ।
करिब ५ हजार नेपाली हाल इजरायलमा कार्यरत रहेको र यसबाट उनीहरूको जीवनस्तरमा समेत सुधार आएको भन्दै मन्त्री अधिकारीले आगामी दिनमा देश र जनताको पारस्परिक हितका लागि बहुपक्षीय सहयोग हुनुपर्ने बताए ।
भेटमा राजदूत बासले इजरायलले नेपालको कृषि क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत आगामी दिनमा थप सहकार्य गर्न चाहेको बताए ।
राजदूत बासले यसै वर्ष नेपालले छनोट गरेका क्षेत्रमा सेन्टर फर एक्सिलेन्स स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ पुस २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी
मल किन्न छुट्टै संस्था चाहिन्छ : कृषि मन्त्री
मलको हाहाकार हुन्छः मन्त्री अधिकारी
रासायनिक मल आपूर्तिको लागि २८ अर्ब ८२ करोड बजेट, ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना
याक र चौरी नेपालको पहिचान र गौरव हुन् : कृषिमन्त्री
रासायनिक मल प्रर्याप्त हुन ६० अर्ब चाहिन्छ : कृषिमन्त्री अधिकारी