काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन । नेपाल डेरी एशोसिएशनले आयोजना गरेको दही चिउरा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए। उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पु¥याउनसक्ने स्थिति नरहेको बताए । उदारो दुध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उहाँले दुःखेसो गरे ।
मन्त्री अधिकारीले भने, ‘हामीले किसानलाई पैसा तिर्न सकेका छैनौँ । उदारो दुध वर्षौंदेखि खाइरहेका छौँ । त्यो कहिले तिर्ने रु समस्या धेरैतिर छ । तर पनि खुशी मानेर सबैका बीचमा उभिनुपर्ने रहेछ । हामीले जुनसुकै पेशा र व्यवसाय गरौँ । कमजोरी नगरौँ । तल्लो तहमा रहेका किसानलाई हामीले कतैबाट पनि धोका नदिऔँ । एउटा भैँसी र एउटा गाई पाल्नका लागि असाध्यै कठिन हुन्छ । तल्लो तहमा रहेका मानिसहरुलाई धोका नदिऔँ । म मन्त्री भइसकेपछि केके नै गर्छु भन्ने लागेको थियो । रहर पनि थियो, नयाँ परिवर्तन गर्छु, यदी मुलुकमा हामीसँग आर्थिक सिमितता, आर्थिक संकुचन थिएन भने धेरै चिज हामीले गथ्र्यौं । मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भएपनि हुन्छ । गत वर्ष हामीलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो । जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन । बजारमा हाम्रो मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ । एक चौथाई मलले हामीले कसरी किसानलाई समयमा पु¥याउनसक्छौँ । सम्भावनै छैन । तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, छ आउँछ भन्नैपर्छ ।’
मन्त्री अधिकारीले चिस्यानकेन्द्र, बीमा लगायतका धेरै समस्याहरु रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ असार २०८२, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रासायनिक मल आपूर्तिको लागि २८ अर्ब ८२ करोड बजेट, ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना
याक र चौरी नेपालको पहिचान र गौरव हुन् : कृषिमन्त्री
रासायनिक मल प्रर्याप्त हुन ६० अर्ब चाहिन्छ : कृषिमन्त्री अधिकारी
कृषिमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
निर्वाचन खर्च उठाउँदै कृषि मन्त्री,अधिकारक्षेत्र भन्दा बाहिर गएर कर्मचारी सरुवा
गुणस्तरीय बीउमा किसानको पहुँच आवश्यक : कृषिमन्त्री अधिकारी