मल किन्न छुट्टै संस्था चाहिन्छ : कृषि मन्त्री

सफल खबर संवाददाता

आइतबार, २२ असार २०८२, १२ : २१
मल किन्न छुट्टै संस्था चाहिन्छ : कृषि मन्त्री

काठमाडौँ । कृषि मन्त्री रामनाथ अधिकारीले मलका लागि छुट्टै संस्था बनाउनुपर्ने बताएका छन् । रासायनिक मलको खरिदका लागि मन्त्रालय जोडिँदा अन्य काम समेत डिस्टर्ब भएको उनले बताए । 

‘मन्त्रालय जोडिँदा मल खरिदको प्रक्रिया र वितरण प्रणालीको दोष मन्त्री र मन्त्रालयले पाइरहेका छौँ ।’ उद्योग तथा वाणिज्य,श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले मल किन्न जति मिहेनत गर्दा पनि समयमा नआउनु समस्या रहेको बताए ।

प्रतिक्रिया दिनुहोस