काठमाडौँ । नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ । विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरिएको विभिन्न विकल्पहरु मध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको टेलिकमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार पुस १५ गते राति १२ बजेदेखि एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु। ३.७६ कायम गरिएको प्रवक्ता हरि ढकालले जानकारी दिए । यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको पनि उनले बताए ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ पुस २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द
नेपाल टेलिकमको प्रवक्तामा मानन्धर
निरन्तर घट्दो नाफाले सङ्कटोन्मुख टेलिकम सेवाप्रदायक
नेपाल टेलिकमको नाफा ४८ प्रतिशत घट्यो