काठमाडौं। काठमाडौं महानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रारम्भिक नतिजामा अहिलेसम्मकै उच्च अंक पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमार्फत यस्तो अंक दिने गरेको छ ।
आइतबार बसेको महानगरको १६ औं नगरसभा अधिवेशनमा उपमेयर सुनिता डंगोलले लिजामा काठमाडौं महानगरले ८२ दशमलव ७५ अंक प्राप्त गरेको जानकारी गराएकी हुन् ।
‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रारम्भिक नतिजामा काठमाडौं महानगरले ८२ दशमलव ७५ अंक प्राप्त गरेको छ । यो अंक महानगरले पाएको हालसम्मकै उच्च अंक हो,’ डंगोलले भनिन् । मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा भएका सुधारका कामपछि यो अंक बढेको हो ।
२०७९ वैशाखदेखि बालेन काठमाडौंको मेयर छन् । लिजामा अहिलेसम्मकै बढी अंक पाएको भन्दै जनप्रतिनिधिले नेतृत्वको प्रशंसा गरेका थिए । नगरसभामा उपमेयर डंगोलले चालू आर्थिक वर्षको बजेट पुस ११ गतेसम्म १६ दशमलव १० प्रतिशत कार्यान्वयन भएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनको सचिवालयका तीनै सहयोगी रास्वपा केन्द्रीय समितिमा निर्वाचित
रास्वपा सभापतिमा रवि निर्विरोध चुनिएपछि मध्यराति बालेनले लेखे: ‘शुभकामना हाम्रो पार्टीलाई’
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी