काठमाडौं। काठमाडौं महानगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रारम्भिक नतिजामा अहिलेसम्मकै उच्च अंक पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमार्फत यस्तो अंक दिने गरेको छ ।
आइतबार बसेको महानगरको १६ औं नगरसभा अधिवेशनमा उपमेयर सुनिता डंगोलले लिजामा काठमाडौं महानगरले ८२ दशमलव ७५ अंक प्राप्त गरेको जानकारी गराएकी हुन् ।
‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रारम्भिक नतिजामा काठमाडौं महानगरले ८२ दशमलव ७५ अंक प्राप्त गरेको छ । यो अंक महानगरले पाएको हालसम्मकै उच्च अंक हो,’ डंगोलले भनिन् । मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा भएका सुधारका कामपछि यो अंक बढेको हो ।
२०७९ वैशाखदेखि बालेन काठमाडौंको मेयर छन् । लिजामा अहिलेसम्मकै बढी अंक पाएको भन्दै जनप्रतिनिधिले नेतृत्वको प्रशंसा गरेका थिए । नगरसभामा उपमेयर डंगोलले चालू आर्थिक वर्षको बजेट पुस ११ गतेसम्म १६ दशमलव १० प्रतिशत कार्यान्वयन भएको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानले बालेनसँग भेटेको तस्वीर किन सार्वजनिक गरे ?
बालेनविरुद्ध एमाले निकट युवा संघद्वारा साइबर ब्युरोमा उजुरी
मध्यरातमा बालेनको धन्यवाद ‘स्टाटस’
बालेनलाई मेयर बनाउने सबै अपराधी र देशद्रोही हुन् : सूर्य थापा
के थियो बालेनको स्टाटस ? किन भइरहेको छ विरोध ?
प्रधानमन्त्रीलाई काठमाडौंका मेयर बालेनले दिए तीन मुद्दामा दवाव