पोखरा । रवि लामिछानेको हिरासत भित्रको तस्बिरबारे छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो।
समितिले तीन दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी भोलाबहादुर रावलले जानकारी दिएका छन् । लामिछाने हिरासतको तस्बिर प्रकाशित भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई सुविधासम्पन्न रूपमा राखिएको भन्दै प्रहरीको आलोचना गरेका थिए । लामिछानेका समर्थकले हिरासतको तस्बिर बाहिर ल्याएर मानवअधिकार र गोप्यता हरण भएको आरोप लगाएका थिए । दुई महिनायता प्रहरी नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा भव्य सुविधा दिइएको बताइएको छ ।
यसअघि विहिबार गृहमन्त्री रमेश लेखकले पनि लामिछानेको तस्वीर सार्बजनिक गर्नेलाई कारवाही गर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ पुस २०८१, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल
परिवर्तन चाहनेहरूसँग मिल्न सभापति छाड्न तयार छु: रवि लामिछाने