काठमाडौं । सेयर बजार मंगलबार ६.३२ अंकले घटेको छ । सेयर बजार ०.२३ प्रतिशतले घटेर २६६९ विन्दूमा पुगेको छ । बजार घटेको दिन कारोबार रकम पनि जम्मा ४ अर्ब ४१ करोड रुपैयाँमा सिमित भएको छ । बजार घटेका कारण १४८ कम्पनीले गुमाएका छन भने ८५ कम्पनीको मात्रै सेयर मूल्य सकारात्मक रहेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी कमाउनेमा जोशी हाइड्रोपावर ७.६७ प्रतिशतले, खानीखोला हाइड्रोपावर ७.५३ प्रतिशतले, गणपति लघुवित्तको ६.५१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बजार घटेको दिन सबैभन्दा बढी गुमाउने एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९० प्रतिशतले घटेको छ । आज लाइफ इन्स्योरेन्सको ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ ।
मंगलबारको सेयर बजारमा सूचीकृत कम्पनीमध्ये ३०३ कम्पनीको ८७ लाख ६७ हजार कित्ता सेयरको ५२ हजार ७०५ पटक कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ मंसिर २०८१, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो