काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आजवाट पोलिटब्युरो बैठक बस्दैँछ ।
हिजो स्थायी समिति बैठक बसे पनि आजवाट भने पोलिटब्युरो बैठक बस्नेछ । सो बैठक भोलीसम्म चल्नेछ ।
कपिलबस्तु, शिवगढीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीति, भावी योजना तथा केन्द्रीय समितिको एजेन्डाबारे छलफल हुने जनाइएको छ ।
स्थायी समिति तथा पोलिटब्युरो बैठकले तय गरेको एजेन्डा २६ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिनेछ । प्रत्येक ६६ महिनामा केन्द्रीय समिति बैठक बस्ने व्यवस्था अनुसार विप्लवले बैठक बोलाएका हुन् ।
यसअघि गएको वैशाखमा बसेको केन्द्रीय समिति बैठकले २०८४ मा हुने निर्वाचनलाई उपयोग गरेर जाने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लवको चेतावनी- विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्छौँ
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?