काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएको छ ।
रास्वपाको बुधबार बसेको केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा एमाले अध्यक्षसमेत रहेका ओलीसँग जोडिएको विषयमा केही व्यक्तिहरूसमेत पक्राउ भएको सन्दर्भमा सत्य तथ्य छानबिन गरी वास्तविकता प्रकाशमा ल्याउन सरकारसँग माग गरिएको छ ।
ओलीको कम्बोडियामा लगानी रहेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एक विवादास्पद भिडियो सार्वजनिक गरेका थिए ।
सो प्रकरणमा प्रसाईँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। यस्तो अवस्थामा रास्वपाले पनि छानबिनको माग गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, ०८ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी
रास्वपा काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै
रास्वपाद्वारा ७७ वटै जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व