काठमाडौँ । नेकपा एमालेले दानमा पाएको जग्गा विवादसम्बन्धी मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । मंगलबार रिट निवेदनको पेसी न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तोकिएकोमा हेर्न नभ्याउने भएको हो ।
यसअघि आइतबार उक्त मुद्दा प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको इजलासमा पेसी परेकोमा सो दिन पनि हेर्न नभ्याउने भएको थियो ।अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको उक्त मुद्दामा पहिलो सुनुवाई गर्दै सर्वोच्चले कात्तिक १२ गते अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङसँग जग्गा लिने कार्य तत्कालका लागि रोक लगाएको थियो ।
अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने गुरुङको निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै कात्तिक ७ गते रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ मंसिर २०८१, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !