काठमाडौं । रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित नागरिकलाई सम्बोधन गरेका छन् ।
चुनावी नतिजा आफ्नो पक्षमा आउने सम्भावना निकै बलियो भएपछि ट्रम्प आफ्ना समर्थकलाई सम्बोधन गर्न फ्लोरिडा पुगेका हुन् ।मतदातालाई सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो चार वर्षे कार्यकाल अमेरिकाका लागि स्वर्ण युग (गोल्डेन एज) हुने दाबी गरे ।
‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ’ उनले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ। अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।’
रिपब्लिकन पार्टीले दुवै सदनमा सम्भावित जितलाई संकेत गर्दै उनले उक्त अभिव्यक्ति दिएका हुन् ।श्रीमती मेलानियाका साथै परिवारका सदस्यहरुलाई धन्यवाद दिएका उनले जेडी भान्सलाई उपराष्ट्रपतिका रुपमा प्रस्तुत गरे । भान्सले पनि सम्बोधन गर्दै यो जित ठूलो राजनीतिक पुनरागमन भएको बताए ।
ट्रम्पले एलन मस्कको पनि निकै तारिफ गरे । उनी रिपब्लिकन पार्टीको ‘न्यू स्टार’ भएको बताउँदै ट्रम्पले भने, ‘मस्क वास्तवमै गज्जबका मान्छे हुन् ।’ ट्रम्पले सम्बोधनको क्रममा आफ्नी पत्नी मेलानिया र परिवारलाई धन्यवाद दिए । उनले मेलानियाको पुस्तकको प्रशंसा गर्दै भने, ‘उनले निकै राम्रो गरेकी छन् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पले थप ५ देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाए रोक
ट्रम्पले बीबीसीविरुद्ध किन हाले मुद्दा ?
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी