कैलाली । कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
अछामको चौरपाटी गाउँपालिका-१ घर भई हाल धनगढी बसपार्कस्थित प्रियंका होटलका सञ्चालक ३६ वर्षीय विजय साउँद ३ ग्राम ३८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ परे।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंक बजारबाट पनि लागुऔषधसहित एक किशोरी पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोस्ट वाणीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका-२ का १७ वर्षीय किशोरलाई १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ