कैलाली । कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
अछामको चौरपाटी गाउँपालिका-१ घर भई हाल धनगढी बसपार्कस्थित प्रियंका होटलका सञ्चालक ३६ वर्षीय विजय साउँद ३ ग्राम ३८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ परे।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बंक बजारबाट पनि लागुऔषधसहित एक किशोरी पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोस्ट वाणीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका-२ का १७ वर्षीय किशोरलाई १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ कार्तिक २०८१, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ