काठमाडौं। भारतको बुलन्दशहरमा भएको विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ । गए राति एउटा घरमा भएको विस्फोटमा एक बालिकासहित ६ जनाको ज्यान गएको हो । विस्फोटको कारण भने अझै खुल्न सकेको छैन । विस्फोटमा केही घाइतेसमेत भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उत्तरप्रदेशस्थित बुलन्दशहरको सिकन्दराबादको आशापुरी कालोनीमा रहेको रियाजुद्दीन नामका व्यक्तिको घरमा विस्फोट भएको हो । उनको परिवारमा १८-१९ जना उक्त घरमा बस्दै आएका थिए । विस्फोट सिलिन्डरका कारण भएको हुनसक्ने समाचारमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ कार्तिक २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु