काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले हवाई भाडादार घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठकले नागरिकलाई सुरक्षित घर पुराउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको कांग्रेस सांसद श्याम घिमिरेले जानकारी दिए । उनले भने,‘१० दिनसम्म नभेटिएका व्यक्तिका परिवारलाई राहत दिन अनुरोध गर्ने निर्णय भएको छ । प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन पनि अनुरोध गरिने छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी