संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल

सफल खबर संवाददाता

विहीबार, २२ जेठ २०८२, १६ : ००
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल

काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको बैठक बसेको छ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सहभागी छन् ।

रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी छन् । दुई पक्षबीच संसदको गतिरोधका विषयमा छलफल भइरहेको बताइएको छ ।

संसद् भवनमा दुई पक्ष वीच संवाद भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी गराए । संसद भवनको शंकर हलमा दुई दलका नेताको बैठक भएको उनले बताए ।

भिजिट भिसा प्रकरणमा रास्वपा लगायतका प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । सत्ता पक्ष कांग्रेस र एमाले भने गृहमन्त्री लेखकले राजीनामा दिनुनपर्ने अडान राखिरहेका छन् । संसद्‌मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलले संसद बैठक सञ्चालन हुन दिइरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस