नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

सफल खबर संवाददाता

शुक्रबार, ११ बैशाख २०८३, १५ : २८
नेपाली कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित

 काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ ।

निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । निर्वाचन समिति सदस्य मुना भुसाललका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । उपसभापति समितिमा पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल थिए ।

 

प्रतिक्रिया दिनुहोस