काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक भोलि दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । माओवादी सांसदहरुले सदन अवरुद्ध गरेपछि सदन खुलाउनेबारे सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले सदनमा बोल्दा प्रयोग गरेको ‘हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान लिएकाे थियाे । दिउँसो सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीले पार्टीमा छलफल गर्न १ घण्टा समय मागेको थियो ।
तर, सत्ता पक्ष आफ्नै अडानमा भएकाले आफूहरू निर्णयबाट ब्याक हुने अवस्था नभएको माओवादी सांसद माधव सापकोटाले बताएका थिए । त्यसपछि १ बजेका लागि तय बैठक २ बजेलाई सारिए पनि फेरि सवा ३ लाई सारिएको थियाे । संसद भवनमा सभामुखले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेपनि सहमति जुट्न नसकेपछि आजकाे लागि बैठक स्थगित गरिएकाे सभामुखको सचिवालयले जनाएको छ ।
माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा फस्दा सदन २६ गतेबाट सदन बन्धक बनेको छ । योगेशको उक्त शब्दले जनयुद्धकै अपमान गरेको ठहरसहित माओवादीले निरन्तर सदन अवरुद्ध गर्ने निर्णय गरेको थियो ।
केही दिनअघि सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।
त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर