काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक सोमबार अपराह्न बस्ने भएको छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यद्यपि मन्त्रिपरिषद् बैठक समेत सोही समयमा रहेकाले उक्त समय फेरबदल हुनसक्ने बताइएको छ । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे कुराकानी भएको थियो ।
आइतबार भएको दुई दलका शीर्ष नेताहरूबिचको बैठकमा न्यूनतम साझा कार्यक्रमका लागि कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र प्रकाशशरण महत तथा एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ भदौ २०८१, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ दललाई आइलाग्यो आपत
आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
यी हुन् निवार्चन आयोगमा दर्ता भएका १२२ दल (सूचीसहित)
सत्तारुढ दलहरूको बैठक बस्दै
प्रमुख तीन दलबिच आज छलफल