दलका नेता बनेपछि आङ्देम्बेले बोलाए पहिलो पटक विपक्षी दलहरुको बैठक

सफल खबर संवाददाता

बुधबार, १६ बैशाख २०८३, ०९ : २२
दलका नेता बनेपछि आङ्देम्बेले बोलाए पहिलो पटक विपक्षी दलहरुको बैठक

काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व गरेका विपक्षी दलहरुको संयुक्त बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेता बनेपछि कांग्रेस नेता भीष्मराज आङ्देम्बेल पहिलो पटक विपक्षी दलहरुको बैठक बोलाएका हुन् । 

बैठक मध्यान्ह्र १२ बजे सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बस्नेछ । संसदमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने र संवैधानिक परिषद्को सदस्य समेत रहने नेता आङ्देम्बेल बैठकमा एमाले, नेपाली कम्युनिष्ट पाटीृ, श्रम सस्कृति पार्टी र राप्रपाका दल नेतालाई बैठकमा आमन्त्रण गरेका छन् । 

सरकारले बोलाईसकेको संसदको बैठक रोकेर संवैधानिक परिषद् र सहकारी सम्वनधी दुई वटा अध्यादेश ल्याएपछि विपक्षी दलहरुले खेल्नुपर्ने रणनीतिका बारेमा छलफलका लागि आङ्देम्बेल बैठक बोलाएका हुन । 

‘यो बैठकमा सरकारले ल्याएको अध्यादेश र विपक्षी दलहरुले खेल्ने भूमिका र रणनीतिका बारेमा छलफल हुनेछ, त्यसैका लागि सबै विपक्षी दलका दल नेतालाई आमन्त्रण गरिएको छ,’ कांग्रेस संसदीय दलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस