काठमाडौं । चुनावी नतिजाको पूर्वानुमान राजनीतिक दलहरुले आ आफनो तरिकाबाट गर्छन् । चुनावमा मतदाताका बीचमा मत माग्न जाँदा उनीहरुले आफनो पार्टीले यति सिट जित्छ भनेर दावी गर्नु कुनै नौलो कुरा होइन ।
स्वभाविक रुपमा मतदातालाई प्रभावमा पार्नका लागि पनि दलहरुले आफुहरुले आंकलन गर्ने भित्री पूर्वानुमान र बाहिर मतदाताका बीचमा प्रचार गर्ने दावी भिन्न र फरक हुने गर्छ । यसपटक पनि मुख्यगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले आ आफनो दललाई बलियो पार्टीको रुपमा प्रचार गदै त्यही अनुसारको नतिजा पा्रप्त गर्ने दावी गदै आएका छन् ।
दलहरुले दावी गर्ने कुरा एउटा भयो, आम मानिसहरुले पनि दलहरुको गतिविधि, मतदाताको मनोविज्ञान, उम्मेदवारहरुको क्षमता लगायत कारणको अध्ययन गरेर पूर्वानुमान गर्ने र चासो राख्ने गरेका छन् । त्यही क्रममा फागुन २१ मा हुन लागेको चुनावका बारेमार त्इसको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन ।
नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । यसपटक धेरैजसो मतदाताले यसै गर्छु, यही पार्टीलाई मत दिन्छु भनेर निधो गर्न सकेका छैनन । उनीहरु अझै पनि पर्ख र हेरको नीतिमा छन् । त्यसमाथी दलहरुले मतदाताकहाँ जादा अहिलेसम्म आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन । त्यही कारणले धेरै मतदाताहरु अझै पनि आफनो मत कता कुन दललाई दिने भनेर निर्णयमा पुग्न सकिरहेका छैनन ।
पूर्वानुमान गरिएका धेरै ‘एक्जिट पोल’हरु पनि असफल भएका प्रशस्तै उदाहरणहरु छन् ।
तर निकट विगतको चुनावी नतिजा र चुनावका क्रममा दलहरुले उठाएको उम्मेदवार, चुनावी प्रचार, बनेको राजनीतिक समीकरण लगायतलाई आधार मानेर केही पूर्वानुमान गर्न सकिन्छ ।
अहिले देशभर रास्वपाको लहर देखिएको छ । सामाजिक सन्जालहरुमा अन्य राजनीतिक दलका भन्दा रस्वपाको लहर बढी देखिएको छ । तर सामाजिक सन्जालमा देखिने लहरले अन्तिममा मतदानसम्म मतदाता टिकिरहने र त्यही अनुसारको आफनो मत प्रयोग गर्ने अवस्था भने रहन्न ।
तर पनि अहिले रास्वपाले काठमाडौं महानगरका मेयर बालेन शाहलाई मेयरबाट राजीनामा गराउन लगाई चुनाव पछिको भावी प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरेर चुनावी मैदानमा उत्रेको छ । बालेन जाहाँ पुगे, त्यहाँ मान्छेको भीड पनि उत्तिकै देखिएको छ । जसले रास्वपा यो चुनावमा पहिलो पार्टी बन्ने पूर्वानुमानहरु भईरहेको छ ।
तर रास्वपाले सोचेजस्तो पनि नरहेको विश्लेषकहरु बताईरहेका छन् । रास्वपाले २०७९ को चुनावमा छोटो अवधीमै मुख्य राजनीतिक दलको निरासाको मत तानेर चौथो शक्ति बनेको थियो । अहिले जनेजी आन्दोलनलाई पकडेर उसले पहिलो दल बन्ने योजना बनाईरहेको छ । उसले कम्तीमा बहुमत रास्वपा एक्लैले ल्याउने जिकिर गरिरहेको छ । अझ निर्वाचन परिचालनका तर्फबाट रास्वपाका उपसभापतिले पार्टीलाई दुई तिहाई मत दिलाउन माग गदै नेता कार्यकर्तालाई त्यही अनुसार खटिन निर्देशन जारी गरेका छन् ।
उसका आफना आन्तरिक सर्भेले पार्टी पहिलो बन्ने देखाएको बताईएको छ । तर रास्वपाको प्रष्ट भिजन नभएको र विविध विचारका मान्छेहरु पार्टीमा हुलिएकोले पनि उसको चुनावका बेलासम्म मत प्रभवित भई अहिले बनेको लहर विग्रन सक्ने सम्भाबना पनि उत्तिकै रहेको देखिएको छ ।
कांग्रेसले सबैभन्दा ठूलो दल आफनो हुने बताईरहेको छ । कांग्रेसमा गगन थापाले पार्टीमा विशेष महाधिवेशनपछि हस्तक्षेप गरेर सभापति बनेपछि शेरवहादुर देउवा पक्ष कर्नरमा छ । पार्टीमा एकता कायम हुन्छ हुदैन ? त्यसले कांग्रेसको चुनावी नतिजामा असर पार्ने देखिन्छ । यधपी कांग्रेसले आफुहरुको प्रतिस्पर्धा एमालेसँग भएको र रास्वपा तेस्रो र आफुहरु पहिलो दल बनने जिकिर गरिरहेको छ ।
एमालेले पनि आफुलाई पहिलो दलको दावी गरिरहेको छ । उसले पनि कांग्रेसले जस्तै आफनो दलको प्रतिस्पर्धा कांग्रेससँगै भएको जिकिर गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले आफुहरु विभिन्न विचार मिल्ने दलहरुसँग एकताबद्ध भएको र पहिलो बन्ने बताईरहेको छ ।
आफुहरुले पार्टी एकताबद्द भएको, जेनजीहरुका मागमा पार्टी सधै एकजुट रहेको र पार्टीमा नयाँ उम्मेदवारहरुलाई अगाडी सारेकोले आफुहरु बलियो रहेको नेपाली कम्युनिष्ट पार्टीले दावी गरिरहेको छ ।
अन्य दलले भने पार्टी राम्रो पोजिसनमा आउने दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०८२, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?
समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
नयाँ दललाई आइलाग्यो आपत
आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की