काठमाडौं । चुनावी नतिजाको पूर्वानुमान राजनीतिक दलहरुले आ आफनो तरिकाबाट गर्छन् । चुनावमा मतदाताका बीचमा मत माग्न जाँदा उनीहरुले आफनो पार्टीले यति सिट जित्छ भनेर दावी गर्नु कुनै नौलो कुरा होइन ।
स्वभाविक रुपमा मतदातालाई प्रभावमा पार्नका लागि पनि दलहरुले आफुहरुले आंकलन गर्ने भित्री पूर्वानुमान र बाहिर मतदाताका बीचमा प्रचार गर्ने दावी भिन्न र फरक हुने गर्छ । यसपटक पनि मुख्यगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीले आ आफनो दललाई बलियो पार्टीको रुपमा प्रचार गदै त्यही अनुसारको नतिजा पा्रप्त गर्ने दावी गदै आएका छन् ।
दलहरुले दावी गर्ने कुरा एउटा भयो, आम मानिसहरुले पनि दलहरुको गतिविधि, मतदाताको मनोविज्ञान, उम्मेदवारहरुको क्षमता लगायत कारणको अध्ययन गरेर पूर्वानुमान गर्ने र चासो राख्ने गरेका छन् । त्यही क्रममा फागुन २१ मा हुन लागेको चुनावका बारेमार त्इसको पूर्वानुमान आमचासोको विषय बनेको छ । तर नतिजालाई प्रभाव पर्ने अनेक कारण हुने भएकाले पूर्वानुमान सजिलो छैन ।
नतिजाको पूर्वानुमानमा सबैभन्दा कठिन पक्ष भनेको मतदाताको बदलिने मनस्थिति हो । यसपटक धेरैजसो मतदाताले यसै गर्छु, यही पार्टीलाई मत दिन्छु भनेर निधो गर्न सकेका छैनन । उनीहरु अझै पनि पर्ख र हेरको नीतिमा छन् । त्यसमाथी दलहरुले मतदाताकहाँ जादा अहिलेसम्म आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन । त्यही कारणले धेरै मतदाताहरु अझै पनि आफनो मत कता कुन दललाई दिने भनेर निर्णयमा पुग्न सकिरहेका छैनन ।
पूर्वानुमान गरिएका धेरै ‘एक्जिट पोल’हरु पनि असफल भएका प्रशस्तै उदाहरणहरु छन् ।
तर निकट विगतको चुनावी नतिजा र चुनावका क्रममा दलहरुले उठाएको उम्मेदवार, चुनावी प्रचार, बनेको राजनीतिक समीकरण लगायतलाई आधार मानेर केही पूर्वानुमान गर्न सकिन्छ ।
अहिले देशभर रास्वपाको लहर देखिएको छ । सामाजिक सन्जालहरुमा अन्य राजनीतिक दलका भन्दा रस्वपाको लहर बढी देखिएको छ । तर सामाजिक सन्जालमा देखिने लहरले अन्तिममा मतदानसम्म मतदाता टिकिरहने र त्यही अनुसारको आफनो मत प्रयोग गर्ने अवस्था भने रहन्न ।
तर पनि अहिले रास्वपाले काठमाडौं महानगरका मेयर बालेन शाहलाई मेयरबाट राजीनामा गराउन लगाई चुनाव पछिको भावी प्रधानमन्त्रीको रुपमा प्रस्तावित गरेर चुनावी मैदानमा उत्रेको छ । बालेन जाहाँ पुगे, त्यहाँ मान्छेको भीड पनि उत्तिकै देखिएको छ । जसले रास्वपा यो चुनावमा पहिलो पार्टी बन्ने पूर्वानुमानहरु भईरहेको छ ।
तर रास्वपाले सोचेजस्तो पनि नरहेको विश्लेषकहरु बताईरहेका छन् । रास्वपाले २०७९ को चुनावमा छोटो अवधीमै मुख्य राजनीतिक दलको निरासाको मत तानेर चौथो शक्ति बनेको थियो । अहिले जनेजी आन्दोलनलाई पकडेर उसले पहिलो दल बन्ने योजना बनाईरहेको छ । उसले कम्तीमा बहुमत रास्वपा एक्लैले ल्याउने जिकिर गरिरहेको छ । अझ निर्वाचन परिचालनका तर्फबाट रास्वपाका उपसभापतिले पार्टीलाई दुई तिहाई मत दिलाउन माग गदै नेता कार्यकर्तालाई त्यही अनुसार खटिन निर्देशन जारी गरेका छन् ।
उसका आफना आन्तरिक सर्भेले पार्टी पहिलो बन्ने देखाएको बताईएको छ । तर रास्वपाको प्रष्ट भिजन नभएको र विविध विचारका मान्छेहरु पार्टीमा हुलिएकोले पनि उसको चुनावका बेलासम्म मत प्रभवित भई अहिले बनेको लहर विग्रन सक्ने सम्भाबना पनि उत्तिकै रहेको देखिएको छ ।
कांग्रेसले सबैभन्दा ठूलो दल आफनो हुने बताईरहेको छ । कांग्रेसमा गगन थापाले पार्टीमा विशेष महाधिवेशनपछि हस्तक्षेप गरेर सभापति बनेपछि शेरवहादुर देउवा पक्ष कर्नरमा छ । पार्टीमा एकता कायम हुन्छ हुदैन ? त्यसले कांग्रेसको चुनावी नतिजामा असर पार्ने देखिन्छ । यधपी कांग्रेसले आफुहरुको प्रतिस्पर्धा एमालेसँग भएको र रास्वपा तेस्रो र आफुहरु पहिलो दल बनने जिकिर गरिरहेको छ ।
एमालेले पनि आफुलाई पहिलो दलको दावी गरिरहेको छ । उसले पनि कांग्रेसले जस्तै आफनो दलको प्रतिस्पर्धा कांग्रेससँगै भएको जिकिर गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले आफुहरु विभिन्न विचार मिल्ने दलहरुसँग एकताबद्ध भएको र पहिलो बन्ने बताईरहेको छ ।
आफुहरुले पार्टी एकताबद्द भएको, जेनजीहरुका मागमा पार्टी सधै एकजुट रहेको र पार्टीमा नयाँ उम्मेदवारहरुलाई अगाडी सारेकोले आफुहरु बलियो रहेको नेपाली कम्युनिष्ट पार्टीले दावी गरिरहेको छ ।
अन्य दलले भने पार्टी राम्रो पोजिसनमा आउने दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०८२, १० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने
दलका नेता बनेपछि आङ्देम्बेले बोलाए पहिलो पटक विपक्षी दलहरुको बैठक
समानुपातिकमा दलहरुले छानेका यी हुन् ११० सांसद (नामसहित)
मधेसी दलहरुको एकता समझदारी, तर अझै टुंग्गिएन पार्टी नाम, चुनाव चिन्ह्र र नेतृत्व
पार्टीभित्र हलचल : कुन कुन दल मिले ? कुन दल मिल्दैछन् ?
समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने