काठमाडौं । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छाडेका छन् । राष्ट्रपति चुनावमा उम्मेदवार समेत रहेका उनले स्पेनमा राजनीतिक शरण मागेको भेनेजुएला सरकारले बताएको छ ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो । त्यसपछि उनी लुकेर बसेका थिए ।स्वेच्छाले केही दिन स्पेनको दूतावासमा शरण लिएपछि गोन्जालेजले स्पेनिस सरकारसँग राजनीतिक शरण मागेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगोजले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सरकारले सुरक्षित निकासका लागि सहमति दिएको र गोन्जालेजले देश छाडेको उनले बताएका छन् । स्पेनका विदेशमन्त्री म्यानुअल अल्बेरेसले पनि एडमन्डो गोन्जालेजले स्पेनको वायुसेवाको विमानबाट भेनेजुएला छाडेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ भदौ २०८१, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार
ट्रम्पले आफूलाई गरे ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
अमेरिकी आक्रमणबाट भेनेजुएलामा १०० जनाको मृत्यु
भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने
भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रोड्रिगेजलाई