काठमाडौं । भेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छाडेका छन् । राष्ट्रपति चुनावमा उम्मेदवार समेत रहेका उनले स्पेनमा राजनीतिक शरण मागेको भेनेजुएला सरकारले बताएको छ ।
जुलाईमा भएको राष्ट्रपति चुनावको विवादित नतिजापछि गोन्जालेजविरुद्ध वारेन्ट जारी भएको थियो । त्यसपछि उनी लुकेर बसेका थिए ।स्वेच्छाले केही दिन स्पेनको दूतावासमा शरण लिएपछि गोन्जालेजले स्पेनिस सरकारसँग राजनीतिक शरण मागेको भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगोजले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
सरकारले सुरक्षित निकासका लागि सहमति दिएको र गोन्जालेजले देश छाडेको उनले बताएका छन् । स्पेनका विदेशमन्त्री म्यानुअल अल्बेरेसले पनि एडमन्डो गोन्जालेजले स्पेनको वायुसेवाको विमानबाट भेनेजुएला छाडेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २३ भदौ २०८१, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ
भेनेजुएलाका विपक्षी नेता गोन्जालेजले देश छोडेर स्पेनको शरणमा
भेनेजुएलाका विपक्षी नेता गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी