एजेन्सी । रुसमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समयानुसार आइतबार बिहान रुसमा ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए । समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ ।
सीएनएनले भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको छ । भूकम्पका कारण कुनै 'ठूलो क्षति' भएको विवरण प्राप्त भइनसकेको समाचारमा उल्लेख छ ।
भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको छ । रुसी आपतकालीन मन्त्रालयले भने भूकम्पको कारण सुनामीको चेतावनी जारी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ भदौ २०८१, ०८ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते