काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । शुक्रवार बिहान खुमलटारमा पुगेर राजदूत फेनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट टुंगोमा पुर्याएकोमा खुसी व्यक्त कार्यान्वयनका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।
भेटमा प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताए । पीडितमैत्री न्याय, परिपूरण र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।
आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताए । भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे ।
भेटमा राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधैँ सहयोग रहने बताए । फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रुचि बढेको बताउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताए ।
प्रचण्डको कार्यकालमा लगानीअनुकूल कानुन संशोधन र लगानी सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३२ साउन २०८१, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र माधव नेपालबीच भेटवार्ता
नेपालमा अहिलेको मुख्य दुश्मन राजतन्त्र होइन: ‘प्रचण्ड’
कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनमा ब्रेक लगाएर एमालेले गलत गर्यो : प्रचण्ड
एमाले होस् वा अरू, महिलाहरू प्रतिनिधित्व भएर आउँदा गर्व लाग्छ: प्रचण्ड
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधार आवश्यक छ : प्रचण्ड