काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमुना शान्ति प्रक्रिया भएको बताएका हुन्।
‘यदि यही शान्ति प्रक्रिया युरोप या पश्चिमा देशहरूमा भएको भए सायद यसको मान्यता र स्थापित गर्ने काम ठुलो स्केलमा हुने थियो होला’, प्रचण्डले भने, ‘संसारभर चल्ने यस प्रकारका युद्ध कि त हारमा परिणत भएका छन् कि जितमा।’
त्यसकारण नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रूपमा रहेको भन्दै यसको अनुभव पनि मौलिक रहेको बताए। उनले हाम्रै माटो, गृह जलवायु, संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नक्कल नरहेको बताए।
राजतन्त्रको अन्त्य र संविधानसभाबाट नयाँ संविधानमार्फत राजनीतिक उपलब्धि प्राप्त भएको भन्दै फौजी पाटोलाई पनि सरल ढङ्गले स्थापित गरेको बताए। सेना समायोजन र हतियार व्यवस्थापन पेचिलो भए पनि नेतृत्वले जोखिम उठाएर जनताको विश्वास नजितेको भए हतियार र सेना समायोजन सम्भव नहुने पनि अवस्था रहेको बताए। उनले ११ राति कुनै खुनखराब त्यो काम गरेको बताए।
सेना समायोजन र हतियार व्यवस्थापन गरेबापत आफ्नो पार्टी विभाजन भए पनि देश बचेको प्रचण्डको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड