बुटवल । बुटवल उपमहानगरपालिका-७ दिपनगरमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । दिपनगरकाे कमलपोखरीबाट हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा गुल्मीकाे मदाने गाउँपालिका-६ घर भई हाल बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुटवले दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु