बुटवल । बुटवल उपमहानगरपालिका-७ दिपनगरमा स्कुटर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । दिपनगरकाे कमलपोखरीबाट हाटबजारतर्फ जाँदै गरेको लु.९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा गुल्मीकाे मदाने गाउँपालिका-६ घर भई हाल बुटवल उपमहानगरपालिका-१३ बेलबास बस्ने १९ वर्षीय शिशिर कुँवरको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुटवले दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ ।घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ साउन २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते