काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् ।
काठमाडौंंबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश २–०२–०० १ च ०४८७ नम्बरको पिकअप भ्यानले विपरीत दिशामा रहेको प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक राय र मोटरसाइकलको पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको थियो ।
चालक रायको उपचारको क्रममा मृत्यु भएको र ठाकुरको सोही अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका इन्सपेक्टर केशव कुमार कटुवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ साउन २०८१, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु