काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
विश्वासको मत लिनका लागि मुख्यमन्त्री कँडेलले गत शनिबार नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए।
केन्द्रमा कांग्रेस–एमाले समीकरण बनेपछि यही साउन ७ गते माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्।
सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
४० सदस्यीय प्रदेशसभामा विश्वासका लागि २१ मत आवश्यक पर्दछ । प्रदेशसभामा सत्तारुढ कांग्रेसका १४ र एमालेका १० सांसद रहेका छन् । यस्तै, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी, राप्रपाका एक–एक तथा एक स्वतन्त्र सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा