काठमाडौं। भारतीय संसद्को मनसुन अधिवेशन शुरू भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज (मंगलबार) संसद्मा बजेट प्रस्तुत गर्दैछिन् ।सोमबार वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक सर्वेक्षण २०२३-२४ प्रस्तुत गरेकी थिइन् ।
आर्थिक सर्वेक्षणमा भारतको जीडीपी २०२४-२०२५ मा करिब सात प्रतिशतको दरले बढ्न सक्ने अनुमान छ ।यससँगै आर्थिक वर्ष २०२४-२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५-२६ मा ४ दशमलव १ प्रतिशतमा पुग्न सक्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रोपटक सरकार आएको र पहिलो बजेट प्रस्तुत गर्ने बताएका थिए ।उनले यो बजेट अमृतकालको महत्वपूर्ण बजेट भएको बताएका थिए । यो बजेटले आगामी पाँच वर्षको कामको दिशा तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?