काठमाडौं। भारतीय संसद्को मनसुन अधिवेशन शुरू भएको छ । अर्थमन्त्री निर्मला सीतारमणले आज (मंगलबार) संसद्मा बजेट प्रस्तुत गर्दैछिन् ।सोमबार वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक सर्वेक्षण २०२३-२४ प्रस्तुत गरेकी थिइन् ।
आर्थिक सर्वेक्षणमा भारतको जीडीपी २०२४-२०२५ मा करिब सात प्रतिशतको दरले बढ्न सक्ने अनुमान छ ।यससँगै आर्थिक वर्ष २०२४-२५ मा मुद्रास्फीति ४ दशमलव ५ प्रतिशतले घटेर आर्थिक वर्ष २०२५-२६ मा ४ दशमलव १ प्रतिशतमा पुग्न सक्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
बजेट अधिवेशनको पहिलो दिन प्रधानमन्त्री नरेन्द्र मोदीले ६० वर्षपछि लगातार तेस्रोपटक सरकार आएको र पहिलो बजेट प्रस्तुत गर्ने बताएका थिए ।उनले यो बजेट अमृतकालको महत्वपूर्ण बजेट भएको बताएका थिए । यो बजेटले आगामी पाँच वर्षको कामको दिशा तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ साउन २०८१, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’