एजेन्सी । फ्रान्सलाई हराउँदै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन उपाधिनजिक पुगेको हो ।
स्पेनलाई फाइनल पुर्याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। फ्रान्सका लागि डिफेन्डर रान्डल कोलो मुआनीले गोल गरेपनि पर्याप्त हुन सकेन।
खेलको नवौँ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरै बेर टिकेन। २१औँ मिनेटमा यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए।
त्यसको चार मिनेटपछि नै ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो।
स्पेनले बुधबार राति हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको विजेतासँग सोमबार बिहान उपाधिका लागि खेल्ने छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ असार २०८१, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्समा पूर्व राष्ट्रपतिलाई जेल सजाय
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
फ्रान्समा दुई प्रहरीमाथि चक्कु प्रहार, रोक्न जाने वृद्धको ज्यान गयो
फ्रान्सका दुई तिहाइ जनता नयाँ प्रधानमन्त्रीप्रति असन्तुष्ट
फ्रान्सको सरकार ३ महिनामै ढल्यो