रौतहट । कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । रौतहटको गौर नगरपालिका -२ महादेवपट्टीस्थित नेपाल-भारत सीमा स्तम्भ नजिक सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर रौतहटबाट खटिइ गएको छड्के चेकप्वाइन्टमा रहेको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नलेखेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको टुलबक्सभित्र लुकाइ राखेको कटुवा पेस्तोल बरामद गरेको हो ।
भारतको जिल्ला सितामढी बैरगनिया-३ असोगी बस्ने अन्दाजी वर्ष २१ वर्षीय राहुल रामलाई नियन्त्रणमा लिइ उनको साथबाट हतियार र मोबाइल बरामद गरेको हो।उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० असार २०८१, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ
एक करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
अवैध लागू औषधसहित दुई जना पक्राउ