काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३.९७ अंकले घटेको छ । यो साताको आइतबारदेखि नै घट्न थालेको नेप्से परिसूचक बिहीबारसम्मको अवधिमा उच्च अंकले घटेर बन्द भएको हो । आइतबार २११२ अंकबाट सुरु भएको नेप्सेको कारोबार बिहीबार २०६८ अंकमा आएर रोकिएको हो ।
आइतबार नेप्से परिसूचक १७.०४ अंक र मङ्गलवार १८.७६ अंकले नेप्से परिसूचक घटेको थियो । सोमबार भने इद परेका कारण सार्वजनिक बिदा थियो । यस्तै बिहीबार १०.४४ अंकले नेप्से परिसूचक घट्यो । बुधवार भने परिसूचक २.२७ अंकले बढेको थियो ।
साताको ४ कारोबार दिनमध्ये तीन कारोबार दिन घटेपछि परिसूचक उच्च अंकले घटेको हो । यो साता १६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।सातामा २ प्रतिशतभन्दा बढीको गिरावट आउँदा कारोबार रकम पनि गत साताको तुलनामा घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार