काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षको भूमिका थप सशक्त हुने बताएका छन् । संसद्मा काँग्रेसको भूमिका प्रभावकारी हुन नसकेको र कतिपयले आफ्नो समेत आलोचना गरिरहेकाले संसद्मा जनताको समस्यालाई प्रभावकारी ढंगले प्रस्तुत हुने बताएका हुन् ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका महेशपुरमा स्व. सांसद पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्क उद्घाटन गर्दै देउवाले यस्तो बताएका हुन् । ‘अहिले काँग्रेस सरकार बाहिर हुँदा प्रतिपक्षको भूमिकामा पनि प्रश्न गरिरहेको देख्छु,’ उनले भने, ‘व्यक्तिगतरुपमा मेरो पनि आलोचना भइरहेको छ । अब पार्टी जनजीविकाको सवालमा केन्द्रित हुने छ ।’
देउवाले मूल भन्सार भएर पनि महेशपुर भन्सार पूर्णरुपमा सञ्चालनमा आउन नसकेको र यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन दिए । पूर्वगृहराज्य मन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्वं कँडेल २०१५ सालमा पाल्हिमाझ खण्डपूर्वी निर्वाचन क्षेत्र नम्बर ५७ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ असार २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी सत्ताबाट देउवाको शान्त बिदाई
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा
देउवाको शुभकामना सन्देश : राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ
प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता
बालेनले गरे देउवाको फेसबुक पोस्टमा कमेन्ट - सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’