एजेन्सी । रुसले क्रिमिया र रुसका केही क्षेत्रमा युक्रेनले गरेको ठूलो आक्रमणलाई असफल बनाएको दाबी गरेको छ । रुसले युक्रेनक सयभन्दा बढी ड्रोन र ६ वटा मानवरहित डुङ्गा नष्ट गरेको दाबी गरेको हो ।
रुसले सबैभन्दा गम्भीर हमला दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा भएको दाबी गरेको छ । अनलाइन पोस्ट गरिएको भिडियोले क्षेत्रको येइस्कमा रहेको सैन्य एयर बेस नजिकै आगलागी देखाएको छ ।
क्रास्नोडार अधिकारीहरूले सैन्य अड्डा नजिकैका घटनाहरूबारे टिप्पणी गरेका छैनन् तर इल्स्की नजिकैको तेल रिफाइनरीको प्रशासनिक भवनहरूमा आगलागी भएको बताएका छन्।
अधिकारीहरुका अनुसार आगो निभाइएको छ भने घटनामा दुई जना घाइते भएका छन् । स्थानीय गभर्नरका अनुसार क्रास्नोडार सहरमा भग्नावशेषबाट खसेर एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०८ असार २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनद्वारा रुसमा अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको ड्रोन आक्रमणपछि मस्कोका विमानस्थल बन्द
रुसको तेल प्रशोधन केन्द्रमा १२१ ड्रोन आक्रमण गरेको युक्रेनको दाबी
युक्रेनले गरेको ड्रोन आक्रमणमा रुसी पत्रकारको मृत्यु, सात घाइते
ड्रोनबाट सामान ढुवानी