काठमाडौं । विभिन्न आरोह अवरोह पार गर्दै र प्रतिस्पर्धामा अब्बल ठहरिएर निजामती सेवामा प्रवेश गरेकाहरूले अवधि नपुग्दै जागिर छोड्ने गरेका छन्।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्रै ६ सय ३५ जना कर्मचारीले जागिर छोडेको पाइएको छ । उनीहरूले के कारणले जागिर छोडे भन्नेबारेमा सरकारले कुनै खोज अनुसन्धान गरेको छैन ।
भविष्य सुन्दर बनाउने लक्ष्य लिएर निजामती क्षेत्रमा प्रवेश गरेकाहरूले पूरै अवधि जागिर नखाँदै किन बीचैमा छोडे भन्नेबारेमा सरकारी निकाय अनविज्ञ छ । निजामती सेवामा प्रवेश गर्नेहरूले सचिवको ५ वर्षे कार्यकाल र मुख्य सचिवको ३ वर्षे कार्यकालबाहेकको अवस्थामा ५८ वर्ष उमेरसम्म जागिर खान पाउँछन् । गत ११ महिनामा जागिर अवधि सकिएर अवकाशमा गएका कर्मचारीको संख्या भने १८ सय १२ रहेको खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ असार २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा