काठमाडौँ । ग्लोबल आइएमई बैंकमा कार्यरत पिताम्बर खड्का झापाको दमकस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी घरको भुइँतल्लाको कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
प्रहरीले प्रारम्भिक रूपमा घटनालाई आत्महत्यासँग जोडेर अनुसन्धान अघि बढाएको छ । पोस्टमार्टम प्रक्रिया सम्पन्न भइसकेको तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ ।
मृतकका बुवा महेश खड्काले छोरालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकको ‘एआई एमएल ह्याकाथन’ सुरु, १४ टोली प्रतिस्पर्धामा
ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा
ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमापूर्व सचिव बिन्द्रा हाडा भट्टराई नियुक्त
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने