काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से १७.०४ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ०.८० प्रतिशतले घट्दै २ हजार ९५.२५ विन्दुमा झरेको हो ।तथापि, आइतबार ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।
आइतबार होटल तथा पर्यटन समूहको उपसूचक झिनो अंकले बढ्नु बाहेक बाँकी १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक १.७१ प्रतिशतले घटेको छ भने डेभलपमेन्ट बैंक समूह १.२० प्रतिशतले र अन्य समूहको उपसूचक १.१२ प्रतिशतले घटेको छ ।
आइतबार ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ । ६ वटा कम्पनीको भने मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
नेपाल फाइनान्स कम्पनीका सेयरधनीहरुले आइतबार १० प्रतिशतले कमाएका छन् भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीहरुले समान १० प्रतिशतले नै गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ असार २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २६२० अंकमा
यो साता १.३१ प्रतिशत घट्यो सेयर बजार
८.१४ अंकले घट्यो सेयर बजार
४.५ अंकले घट्यो सेयर बजार
बढ्यो नेप्से, १० अर्ब ८७ करोडको कारोबार
२.०७ अंकले बढ्यो सेयर बजार