मनसुनजन्य विपद् पूर्वतयारीबारे काँग्रेसले माग्यो सरकारसँग जवाफ

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १३ : १०
मनसुनजन्य विपद् पूर्वतयारीबारे काँग्रेसले माग्यो सरकारसँग जवाफ

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको जवाफ माग गरेका छन् । प्रतिनिधि सभा बैठकको बिहीबारको बैठकमा सांसद यादवले आकस्मिक समय मागेर बोल्दै यस वर्ष मनसुनजन्य विपद्‌बाट देशभर १८ लाख १ हजार जनसङ्ख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको बताए ।

उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हन सक्ने बताइएकोबारे सरकारको ध्यानाकर्षण गराए ।

‘यसवर्ष मनसुनजन्य विपद्‌बाट देशभर १८ लाख १ हजार जनसङ्ख्या, ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष रूपमा प्रभावित हनु सक्ने तीमध्ये १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अनुमान गरिएको छ, सांसद यादवले भने, ‘मधेस प्रदेशमा ९८ हजार २ सय घर परिवार प्रभावित हुने अनुमान छ, तसर्थ सरकारको पूर्वतयारी के छ, यस विषयमा संसद्लाई जानकारी दिइयोस् भन्ने आग्रह गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस