काठमाडौं । नेत्र विक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५ लाख हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगी संगठनका केन्द्रीय अध्यक्ष दिनेस सी सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
जेष्ठ १५ देखि १८ गतेसम्म देशभर चलेको हस्ताक्षर अभियानबाट संकलित ५ लाख भन्दाबढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर युवाहरुको टोली बालुवाटार पुगेको हो ।
युवा संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातिय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरुलाई कानुनी मान्यतासहित सी जातिको निर्माण गर्ने विचार आंफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएकोले यसलाई अगाडि बढाउन अनुरोध गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले कानुन संशोधन गरेर मात्रै यो प्रक्रिया अगाडि बढाउन मिल्ने भएकोले सबै एकजुट भएर अगाडि बढे मात्रै यो सम्भव हुने प्रतिक्रिया दिएको बुझिएको छ । विप्लव नेकपाले महाधिवेशन पछि सी जातिको अवधारणा अगाडि सारेको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना