काठमाडौं । नेत्र विक्रम चन्द् विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले सी जातिलाई कानुनी मान्यता माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५ लाख हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगी संगठनका केन्द्रीय अध्यक्ष दिनेस सी सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
जेष्ठ १५ देखि १८ गतेसम्म देशभर चलेको हस्ताक्षर अभियानबाट संकलित ५ लाख भन्दाबढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर युवाहरुको टोली बालुवाटार पुगेको हो ।
युवा संगठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातिय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरुलाई कानुनी मान्यतासहित सी जातिको निर्माण गर्ने विचार आंफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएकोले यसलाई अगाडि बढाउन अनुरोध गरेका थिए ।
जवाफमा प्रधानमन्त्रीले कानुन संशोधन गरेर मात्रै यो प्रक्रिया अगाडि बढाउन मिल्ने भएकोले सबै एकजुट भएर अगाडि बढे मात्रै यो सम्भव हुने प्रतिक्रिया दिएको बुझिएको छ । विप्लव नेकपाले महाधिवेशन पछि सी जातिको अवधारणा अगाडि सारेको थियोे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ जेठ २०८१, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको सय दिन : बेलगाम दौडिएका प्रधानमन्त्री
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग