काठमाडौँ । राप्रपाका सांसद राजेन्द्र लिङ्देनले बजेटमाथिको छलफलमा अर्थमन्त्री संसद् बैठकमा नभएको भन्दै आफ्नो कुरा कसलाई सुनाउने भन्दै सभामुखलाई प्रश्न गरेका छन् ।
‘कसले सुनिदिनुहुन्छ त मेरो कुरा ? उहाँलाई धन्यवाद दिन पनि .. के हुन्छ यस्तो बेला ?, मन्त्री त हुनुपर्यो होला कि उहाँको बदला कसैले सुन्नुपर्यो’, लिङ्देनले भने । त्यसपछि सभामुखको भूमिकामा रहेकी इन्दिरा रानाले अर्थमन्त्री राष्ट्रिय सभा बैठकमा जवाफ दिन जानुभएको र केही बेरपछि आउने भन्दै लिङ्देनलाई बोल्न आग्रह गरिन् ।
तर लिङ्देनले अर्थमन्त्री उपस्थित नभएसम्म नबोल्ने भन्दै उभिइरहे । त्यसपछि सभामुखले समय थप्न सकिने भने पनि लिङ्देन बोल्न चाहेनन् । त्यस क्रममा सभामुख र लिङ्देनबिच दोहोरी नै चल्यो ।
त्यसपछि सत्ता पक्षका सांसद दयालबहादुर शाहीले उठेर सभामुखसँग दोहोरी नखेल्न लिङ्देनलाई आग्रह गरे । त्यसपछि राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो पार्टीको दलको नेताले अर्थमन्त्री खोज्नु दोहोरी हुन्छ भनेर प्रश्न गरे ।
त्यसपछि सभामुख देवराज घिमिरेले लिङ्देनलाई बस्न आग्रह गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैपटक भएकाले अर्थमन्त्रीले अर्को बैठकमा जवाफ दिइरहेकाले यस्तो अवस्था आएको जानकारी दिइन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर