काठमाडौं। भारतमा भइरहेको लोकसभा निर्वाचनको मतगणनामा विपक्षी गठबन्धन(इन्डिया)ले सत्तारूढ गठबन्धन (एनडीए)लाई कडा टक्कर दिइरहेको छ ।४०० पारको नारासहित चुनावमा होमिएका प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धन एनडीएले अहिलेसम्म २ सय ९५ सीटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
त्यस्तै भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २ सय २७ सीटमा अग्रता लिइरहेको छ ।भारतको लोकसभाका लागि ५ सय ४३ सीटमा चुनाव भएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूले महाराष्ट्रमा भारतीय विपक्षी गठबन्धन इन्डियाले २६ सिट जित्न सक्ने आंकलन गरेका छन् भने त्यहँ शिवसेना (एकनाथ शिन्दे गुट) ले २२ सिट जित्न सक्ने सम्भावना छ ।उत्तर प्रदेशमा भाजपा नेतृत्वको गठबन्धनले ७२ सिटमा अग्रता लिएको छ । प्रायः सबै एक्जिट पोलहरूले त्यहाँ इन्डिया गठबन्धनले ८ देखि १० सिट जित्ने आंकलन गरेका छन् ।
पश्चिम बंगालमा तृणमूल कांग्रेसले २२ सिट जित्न सक्नेछ र भाजपाले ९ सिट जित्न सक्ने सम्भावना छ रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।त्यस्तै तमिलनाडुमा विपक्षी गठबन्धन हाबी छ ।यद्यपि भाजपा नेतृत्वको गठबन्धन बहुमत ल्याउने दिशातर्फ अघि बढिरहेको विभिन्न सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
५ वर्षअघिको निर्वाचनमा भाजपाले ३ सय ३ सीट जितेको थियो । अहिले त्यो पकड गुमाउन सक्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले चर्चा गरिरहेका छन् ।भारतीय चुनावको प्रारम्भिक गणनामा देखिएका रूझानहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता घट्नु र विपक्षी पार्टीहरूको समर्थन बढ्नुका धेरै कारणहरू रहेको चर्चा हुने गरेको छ ।
मोदीमाथि रोजगारी सिर्जना नगरेको आरोप लाग्छ भने मोदीको १० वर्षे शासनकालमा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धिले जनताको जीवनस्तरमा असर पारेको छ ।मोदीमाथि किसानहरूका समस्यालाई नजरअन्दाज गरेको आरोप लाग्ने गरेको छ ।
कृषिमा सुधारका प्रयासहरू पर्याप्त नभएको र किसान आत्महत्याजस्ता घटनाहरूले ग्रामीण इलाकामा सरकारप्रति असन्तुष्टि बढेको छ ।त्यस्तै धार्मिक ध्रुवीकरणले पनि मोदीको लोकप्रियता कम हुँदै गएको विभिन्न सञ्चारमाध्यमहरूले बताउने गरेका छन् ।विपक्षीको एकता र सशक्त चुनावी नेतृत्वलाई पनि मोदीको लोकप्रियता खस्कनुको प्रमुख कारण मानिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ जेठ २०८१, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु
भारतीय धार्मिक समारोहमा प्लेटफर्म भत्किँदा ५ जनाको मृत्यु, ४० जना घाइते